पर्वतमा गायिका एलिना चौहान र साउन्ड प्राविधिकबिच भनाभन



काठमाडौं।
पर्वतमा चलिरहेको‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’मा साङ्गीतिक प्रस्तुति दिन पुगेकी गायिका एलिना चौहान विवादित बनेकी छन् । गीत गाइरहेकै समयमा एलिना र साउन्ड प्राविधिकबिच भनाभन भएको थियो । भनाभन पछि उनको कार्यक्रम सकिएको जानकारी गराइएको थियो ।

सामाजिक सञ्जालमा भेटिएको एक भिडियोमा एलिनाले साउन्ड मिलाइदिन आग्रह गरेकी छन् । उनको आग्रहमा प्राविधिकले ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’ भनेका छन् । त्यसपछि एलिनाले भनेकी छिन्–‘पहिला तपाइको त्यो बोल्ने ढङ्ग सुधार गर्नु है बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई सिकाउनु पर्दैन । बुझ्नु भयो । नाच्न जान्दैन आँगन टेढो भनेको यही हो क्या । मिलाउन आउँदैन । लाज लाग्दैन यस्ता बोल्नलाई ।’

त्यसपछि प्राविधिकले भनेका छन्,‘तपाइले भन्दा हामीले धेरै काम गरिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu