‘काँडेतार’ हेरेपछि नेता खनालले भने, ‘सिमानामा काँडेतार लगाउनुपर्छ’



काठमाडौं। नेपाली चलचित्र ‘काँडेतार’को प्रिमियर शो गरिएको छ । शुक्रवारदेखि रिलिज हुने यस चलचित्रको मङ्गलवार बेलुकी जमलस्थित विश्वज्योती हलमा आयोजना भएको पत्रकार, नेता तथा कलाकारहरूले एकसाथ चलचित्र हेरेका छन् ।

सरकार निर्माणको लागि गठबन्धनको रस्साकस्सी चलिरहेको समयमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल तथा विभिन्न दलका नेताहरू प्रिमियरमा पुगेका थिए । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने उद्देश्यमा बनेको यो चलचित्रलाई नवल खड्काले निर्माण तथा निर्देशन गरेका छन् ।

चलचित्र हेरेपछि नेता खनालले भने, ’यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ ।’

निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो चलचित्र तयार पारिएको बताए ।

यस चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको सङ्गीत रहेको ‘काँडेतार’को छायाङ्कन सौरभ लामाले गरेका हुन् । यसमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । बन्देप्रसाद र तारा थापा ’किम्भे’ ले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu