सलिनाले बनाउने डकुड्रामामा सात निर्देशक रहने



काठमाडौं। हाल अस्ट्रेलियामा बस्दै आएका सलिना बस्नेत र आर्यन पौडेलले डकुड्रामा ‘हामी छौँ’ निर्माण गर्ने तयारीमा छन्। यस डकुड्रामामा उनीहरूको नै मुख्य भूमिका हुने बताइएको छ। यस डकुड्रामाको निर्देशन कसले गर्ने भन्ने अहिलेसम्म निर्णय भएको छैन।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने यस डकुड्रामामा नाम चलेका निर्देशकलाई लिने तयारी छ। यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिनेछ। हरेक मान्छेलाई हरेक एपिसोडमा आर्थिक सहयोग गर्ने तयारी सलिना र आर्यनको छ। डकुड्रामाको उद्देश्य आर्थिक रूपमा कमजोर, अशक्त मानिसलाई सहयोग गर्ने रहेको सलिनाले बताएकी छन्।

सात एपिसोड निर्माण गरिने यस डकुड्रामालाई ७ जना निर्देशकले नै निर्देशन गर्नेछन्। निर्देशकको नाम चाँडै घोषणा गरिने बताइएको छ। डकुड्रामाको सङ्गीत शम्भुजित बास्कोटाले दिनेछन् भने गीत आनन्द अधिकारीले लेख्नेछन्। हाललाई यो ड्रामाको बजेट ५० लाख छुट्टाइएको छ।

सलिना अहिले अस्ट्रेलियाको सिड्नीमा र आर्यन ब्रीज्बेनमा कार्यरत छन्। अहिले दुवै जना अस्ट्रेलियाको सोसल मिडियामा भाइरल छन्। सलिना नेपाली चलचित्रका निर्देशक शोभित बस्नेतकी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu