एआईको प्रयोगमा बनाइयो ‘महाजात्रा’का क्यारेक्टर पोस्टर



काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोग नेपाली चलचित्र उद्योगमा पनि देखिन थालेको छ। एआई क्यारेक्टर लुक्सको प्रयोग गरी आगामी चैत ९ गतेदेखि प्रदर्शन हुने नेपाली चलचित्र ‘महाजात्रा’मा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाकोको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। 

पोस्टर सार्वजनिक गर्दै कलाकार रवीन्द्र सिंह बानियाँले फेसबुकमा लेखेका छन्, “यी भरिया हुन् कि साहु ? अब खुल्छ सत्य, चैत्र ९ गते।”

यस चलचित्रमा उनीहरूका चरित्रलाई फिल्मको कथावस्तुसँग मिलाउने गरी पैसा र सुन मोहमा रमाएको देखाइएको छ। यो फिल्म षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो र प्रदीप भट्टराईले यसको लेखन तथा निर्देशन गरेका छन्। 

‘महाजात्रा’ चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिरिज हो जसमा जीवनलाई समृद्ध बनाउने सपना र आपत्ति कालमा पैसा व्यवस्थापन गर्ने अवसरको समस्या प्रस्तुत गरिएको छ। यस चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu