पढ्दा लागेको खर्च माग्ने कथामा बन्यो नाटक ‘रिफन्ड’, शनिवारदेखि मञ्चन हुने



काठमाडौं। आफूले विद्यालय तथा क्याम्पसबाट आर्जन गरेको शिक्षा कतै काम नलागेपछि १८ वर्षपछि विद्यालय पुगी आफूले पढ्दा लागेको खर्च फिर्ता माग्ने विद्यार्थीको कथामा बनेको नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ ।

यही शनिवारदेखि काठमाडौंको सुकेधारास्थित अस्कर इन्टरनेशनल कलेजको थिएटरमा हरेक दिन साँझ ५ बजे मञ्चन हुने यो नाटक एक हप्तासम्म लगातार चल्ने निर्माता सङ्गम बिस्टले बताइन् । जीवन बस्नेतले निर्देशन गरेको ‘रिफन्ड’मा अस्कर कलेजका १५औँ र १६औँ ब्याचका अभिनय विषय अध्ययनरत विद्यार्थीहरूको अभिनय रहनेछ ।

कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयको पुस्तकमा रहेको कथामा आधारित यो नाटक डान्स फिवरले निर्माण गरेको हो भने सह निर्माता अस्कर इन्टरनेशनल कलेज हो । यसका लेखक फ्रिट्ज करिन्थी हुन् भने नेपाली अनुवाद प्रजल दुलालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu