
काठमाडौं। अभिनेत्री पुजा शर्मा अभिनीत नेपाली चलचित्र ‘दान्भी’ आगामी वर्षको जेठ १० गते रिलिज हुने भएको छ । यो चलचित्र अनमोल केसीको चलचित्र ‘फर्की फर्की’सँगै प्रदर्शनमा आउने भएको हो ।
सो दिन बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले बिहीबारबाट नै रिलिजको तयारी गरिएको हो । एक्सन प्रधान यो चलचित्र रुपेश तामाङको निर्देशनमा बनेको हो । यसमा पूजाको जोडीको रूपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् भने किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।