दोस्रो सातामा ‘अगस्त्य’



काठमाडौं। नेपाली चलचित्र ‘अगस्त्य: च्याप्टर १’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । सौरभ चौधरीले लेखन तथा निर्देशन गरेको यो चलचित्रले पहिलो सातामा उत्साहजनक व्यापार गरेको बताइएको छ ।

दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । हलमा दर्शकको उपस्थिति दोस्रो साताको शुक्रवार पनि सन्तोषजनक रह्यो ।

यसैबिच दोस्रो साताको पहिलो दिन यस चलचित्रको ‘रोइ रहूँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । यस गीतमा एसडी योगीको स्वर तथा सङ्गीत रहेको छ भने राम अविरल विष्टको शब्द छ ।

डार्क हर्ष इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘अगस्त्य’ नेपाल रिलिजको पाँच दिनपछि बिहीबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार र बहराइनमा रिलिज गरेको छ ।

मध्यपूर्वका ठुला चेनहरू भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शन सुरु भएको छ । अन्य अन्तर्राष्ट्रिय बजारमा भने यो फिल्म नेपालसँगै प्रदर्शनमा आएको छ ।

यसमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनीश तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको सङ्गीत छ ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu