केकीको ‘बोक्सीको घर’को टिजर रिलिज



काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ ।

आठ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण गरिएको यो चलचित्र सामाजिक-थ्रिलर जनरामा निर्माण भएको छ । यसले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो चलचित्र निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना रहेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

यसमा केकीका अलावा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu