गीत ‘चुम्मा चपक्कै’को भिडियोमा रोमान्टिक बने गम्भीर र गरिमा



काठमाडौं। गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको सङ्गीत र एरेन्ज रहेको छ ।

यसको भिडियोमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरू एक अर्काप्रति निकै खुलेका छन् । गम्भीर र गरिमासँगै कोरसहरूलाई जातीय भेसभुसामा आकर्षक देखिएको छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायाङ्कन, प्रवीण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu