मलिकाले ल्याइन् ‘गाजले’



काठमाडौं। गायिका मल्लिका कार्कीले ‘गाजले’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । शनिवार सार्वजनिक गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको सङ्गीत छ ।

गीतको भिडियोमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन् । मैना माया कार्की प्रस्तुत कर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मन पर्ने कुरा उल्लेख गरेकी छन् । भिडियोमा हरि हुमागाईँको डीओपी, मित्र डी गुरुङको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ ।

एल्बम ‘मल्लिका’ मार्फत नेपाली साङ्गीतिक क्षेत्रमा पाइला चालेकी गायिका मल्लिका कार्की गायक उदित नारायण झासँग गाएको गीत ‘लाजको लाली पोतेर आइदेऊ न’ बाट श्रोता दर्शकमाझ चिनिइन् । यसपछि उनले ‘यति धेरै मान्छेहरूको भीडमा’, ‘तिमीले नसम्झिँदा माया’, ‘जति टाढा भो, उति गाढा भो’, गायक कुमार सानुसँगको ‘नयाँ जीवन’ जस्ता गीत बजारमा ल्याइन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu