चेक गणतन्त्रकी क्रिस्टिना पाइस्कोभा बनिन् ७१ औँ मिस वर्ल्ड



७१ औँ मिस वर्ल्ड २०२४ को ताज चेक गणतन्त्रकी क्रिस्टिना पाइस्कोभाले जितेकी छिन् । लेबनानकी यास्मिन जेटुन फस्ट रनर अप भइन् ।

मिस वर्ल्ड २०२४ को ग्रान्ड फिनाले शनिवार साँझ भारतको मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा भएको थियो । २८ वर्षपछि भारतको मुम्बई सहरमा मिस वर्ल्ड आयोजना गरिएको थियो ।

क्रिस्टिना पाइस्कोभा को हुन्?
२४ वर्षिया क्रिस्टिनाले कानुन र व्यापार प्रशासनको अध्ययन गरिरहेकी छिन् । यससँगै उनी मोडलिङ पनि गर्छिन् । उनको आफ्नै फाउन्डेसन छ, जसको नाम क्रिस्टिना पाइस्कोभा फाउन्डेसन हो । तान्जानियामा क्रिस्टिनाले अल्पसङ्ख्यक बालबालिकाका लागि अङ्ग्रेजी विद्यालय खोलेकी छिन् । मिस वर्ल्ड अर्गनाइजेसनका अनुसार क्रिस्टिना स्वयंसेवी हुन् । क्रिस्टिनालाई मिस वर्ल्ड २०२४ को ताज ७० औँ मिस वर्ल्ड कारोलिना बिलावस्काले पहिराइन् ।

नेपालकी प्रियङ्का रानी जोशी अन्तिम ४० सम्मको यात्रा मात्रै तय गरिन् तर, उनले ‘ब्युटी विथ अ पर्पस’ विधामा एसियाली विजेता बनिन् ।

यस पटक भारतीय चलचित्र निर्देशक करण जोहरले मिस वर्ल्ड २०२४ को उद्घोषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu