प्रदीप शाहीले बनाउने चलचित्रमा प्रदीपको प्रमुख भूमिका



काठमाडौं। यसअघि ‘गोर्खा: बिनिथ दी ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका प्रदीप शाहीले नयाँ चलचित्र बनाउने भएका छन् । ‘अनटाइटल्ड’ सो चलचित्रमा अभिनेता प्रदीप खड्का अनुबन्ध भएका छन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेन्टको सहकार्य रहने छ । शनिवार अभिनेता खड्कासँग शाहीले सम्झौता गरेका हुन् ।

यस चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन् । साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको बताइएको छ । चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिए। निर्देशक शाही बेलायतमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu