झापाबाट ‘कुरवान’को छायांकन सुुरु



kurbaan

एक्शन प्रधान जनरामा लभस्टोरीलाई जोडेर तयार हुन लागेको चलचित्र ‘कुरवान’को सुटिङ सुरु भएको छ । यो चलचित्रको लागी पहिलो दृश्य झापामा क्यामेरा कैद गरियो । यसअघी पटक-पटक मिति सार्दै आएको यो चलचित्रको निर्माण युनिटले चलचित्रलाई फ्लोरमा लगेको हो ।

चलचित्रलाई बेदप्रसाद भुर्तेलले निर्देशन गरेका छन भने प्रेम तामाङले यो चलचित्रमा लगानी गरेका छन । चालिस दिनमा सुटिङ्ग प्याकअप गर्ने लक्ष्य राखेर फ्लोरमा गएको यो चलचित्रमा सविन श्रेष्ठ, आयुश्मा कार्की, प्रज्ज्वल गिरी, उमेश उप्रेती, अभय चन्द, कमलकृष्ण लगायतका कलाकारहरु अभिनयमा छन ।

चलचित्र ‘कुरवान’मा संगीत टंक बुढाथोकीको रहेको छ भने चलचित्रमा समाबेश गीरहरुमा स्वर जुना प्रसाईं दिएकी छिन । यो चलचित्रमा चार वटा गीत समावेश छन् । चन्द्र पन्तको द्वन्द रहने यो चलचित्रमा कविराज गहतराजले नृत्य निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu