‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक



काठमाडौं। शोभित बस्नेतको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बद्री बहादुर’को ‘पुलिस दाइ’ शीर्षकको गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सलोन बस्नेत र पूजा शर्मा अभिनीत यो गीत रिलिज गरिएको हो ।

गीतमा सलोन र पुजा सहित जयकिसन बस्नेत, राजीव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन चलचित्रको यही गीतमा मात्रै देखिनेछन् । उनीहरूले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् । यो चलचित्र आगामी चैत्र २३ गते रिलिज हुँदै छ ।

यस गीतमा शिवम अधिकारीको शब्द, टङ्क बुढाथोकीको सङ्गीत तथा सङ्गीतकार बुढाथोकी र मिलन नेवारको स्वर रहेको छ भने शिव विकको कोरियोग्राफी रहेको छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुत कर्ता र मिथुन भोटे चलचित्रका निर्माता हुन् । यसमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu