सकियो दोस्रो कर्णाली चलचित्र कार्यशाला



सुर्खेत। ‘दोस्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ सम्पन्न भएको छ । २३ फागुनदेखि कर्णालीको सुर्खेतमा चलेको कार्यशाला २८ फागुन, सोमबार बेलुका सम्पन्न भएको हो । चलचित्र विकाश बोर्डको सह आयोजनामा केवी इन्टरटेनमेन्ट प्रा.लि.ले कार्यशाला आयोजना गरेको हो ।

बोर्डका अध्यक्ष भुवन केसीको मास्टर क्लाससमेत रहेको सो कार्यशालामा कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरूले भाग लिएका थिए । चलचित्र लेखक,निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्क्रिप्ट लेखन र चलचित्र निर्देशन, अभिनेत्री एवम् रङ्गकर्मी सरिता गिरीले अभिनय, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर ट्रन्सफर्मेसन इफेक्ट मेकअपसम्बन्धी प्रशिक्षण दिएका थिए ।

“कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । यहाँको सुन्दरता र संस्कृतिलाई स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनकै लागि हामीले दोस्रो पटक पनि यो कार्यशाला आयोजना गरेका हौँ”, आयोजक संस्थाका भूपेन्द्र कुमार खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu