हाम्री चेलीको माया बढ्दो



hamri-cheliठुलोपर्दा डटकम, काठमाण्डौ । दुई हप्ता पहिले प्रदर्शनमा आएको नेपाली चेलीहरुको कथा बोकेको चलचित्र ‘हाम्री चेली’ अहिले काठमाण्डौसहित देशका विभिन्न शहरहरुमा सफलताका साथ दोश्रो हप्तामा प्रदर्शन भईरहेको छ । हाल राजधानीको गोपीकृष्णमा चलिरहेको यो चलचित्र बुटवल, दाङ् लगाएतका हलहरुमा सफल प्रदर्शनमा रहेको निर्देशक मनिष पन्थले दावी गरेका छन् ।

आउने शुक्रवारदेखी पोखरा, दमक, धरान, बिर्तामोड लगायतका ठाउँका विभिन्न हलहरुमा प्रदर्शनमा आउने बताईएको छ । निर्देशक पन्थले दर्शकहरुले दोश्रो हप्तासम्म पनि आफ्नो चलचित्रलाई मन पराईदिएकोमा खुशी व्यक्त गर्दै सो थपिन लागेका ठाउँका हलहरुमा पनि दर्शकको राम्रो साथ पाउने आशा राखेको ठुलोपर्दा डटकमलाई बताए ।

द्वन्द्व पीडित र भारतमा बेचिएकी नेपाली चेलीवेटीको वास्तविक जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘हाम्री चेली’ नारी प्रधान भएकाले तीजको अवसर पारेर रिलिज गरिएको थियो । मिन प्रसाद श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई मनिष पन्थ सँगै बाबुराम घिमिरेले संयुक्त निर्देशन गरेका हुन् । चलचित्रमा शितल केसी, अञ्जु निरौला, रमेश विसी, कुमारी परियार, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी लगायतको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu