जन्मठाउँमा समर्पित बिमलको नयाँ गीत



bimal-raj-chhetriपहिलो पाइला धर्तीमा टेकेको
पहिलो चोटी यो संसार देखेको
पर्वत मेरो गाउँ, प्राण भन्दा प्यारो लाग्छ नी जन्मिएको ठाउँ !|
लोकगायक बिमलराज क्षेत्रीको नयाँ गीत हो यो । फरक स्वर, फरक लयले परिचित क्षेत्रले आफ्नो जन्मभूमि पर्वत र त्यहाँका बिभिन्न ठाउँलाई सम्झिएर यो गीत गाएका छन् । गीत रेकर्डिङ भएर भिडियो समेत गरिसकेका क्षेत्री भन्छन् ‘ धेरै गीत गाइयो तर आफ्नै जिल्ला र जन्मभूमिको गीत गाएको थिइन अहिले मौका मिल्यो ।’

पर्वतको बारेमा गाएको गीतको सबै सुटिङ पर्वतमा नै गरिएको छ । कुमार केसीको निर्देशनमा तयार यो भिडियोमा पर्वतका ऐतिहासिक धरोहर, सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलमा पुगेर भिडियोको छायाङकन गरिएको छ ।

जिल्ला सदरमुकाम कुश्मा, कुर्घा, पञ्चासे, सेतिवेणी, मालढुंगा, गुप्तेश्वर, अल्पेश्वर , केवुलकार, अग्लोपुल, फलेवास, चिसापानी, महाशिला, पैयुकोट, हुवास, पाखापानी, मोदीबेनी, दुर्लुङकोट, मल्लाजलगायतका ठाउँमा पुगेर भिडियो निर्माण गरेको गायक क्षेत्रीले जानकारी दिए । पछिल्लो समयमा संगीत संयोजक अर्थात एरेन्जमा व्यस्त क्षेत्रीले गीत चाँडै बजारमा ल्याउने बताए।

‘एउटा कलाकारबाट जिल्ला र गाउँले ठूलो आशा राखेको हुन्छ त्यसैले मैले जिल्लालाई समेटेर गीत गाएको हुँ’ बिमलराज क्षेत्रीले भने । गीतले पुरै मातृभूमि, बाल्यकालमा खेलेका ठाउँ र सखीहरुको सम्झना गरेको छ ।

गीतमा भनिएको छ, ‘ जहाँ पुगेनी , गरेनी जे जे काम मलाई प्यारो आमा बा, जन्म ठाम’ । गायक विमलले गीत-संगीत मार्फत देखाएको मातृप्रेमले उनका धैरै फ्यानहरुलाई तथा लोकसंगीत पारखीहरुलाई खुसी बनाएको छ । आशा गरौं यो एल्बम बजारमा आएपछी श्रोता तथा दर्शकको मन जित्ने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu