‘कान्तिपुर सिनेमाज’मा ‘नेपाली फिक्सन’ रिलिज



काठमाडौं। ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’मा इन्डिपेन्डेन्ट नेपाली चलचित्रका ‘नेपाली फिक्सन’ रिलिज भएको छ । यस चलचित्रमा एक ग्याङ्गस्टरको घरमा लागुऔषधको सामान पुर्‍याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाब र लालचबाट निम्तिने अन्तर्द्वन्द्वलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

सन् २०२२ मा बनाइएको यस चलचित्रका निर्देशक देवेन्द्र खत्री हुन् । उनी कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । यसमा कलाकारहरू सन्जोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालले अभिनय गरेका छन् । आशिष घिमिरेको छायाङ्कन र सजल लोप्चनको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu