शाहरुख खान भन्दा कपिल शर्मा लोकप्रिय



Kapil-sharma[dropcap]शा[/dropcap]हरुखका फ्यानको लागि दुखको समाचार हो यो तर कपिलका लागि भने सुखद हुनेछ । वलिउड स्टार शाहरुख खानलाई रातारात सुपरहिट बनेका स्टान्ड-अप कमेडियन कपिल शर्माले उछिनेका छन् ।

शाहरुखको स्टार भ्यालु बलिउडका सबै कलाकारको भन्दा धेरै छ । उनका चलचित्रले रिलिज अगावै अरवौँको मुल्य पाईसक्छन् तर शाहरुखकै मिल्ने साथी कपिलले शाहरुखलाई जितेका छन् ।

फेसबुक पेजमा लाइक गर्नेको संख्यामा शाहरुखलाई कपिलले उछिनेका छन् । शाहरुखको पेजमा ८३ लाख लाइक्स छन् तर रातारात सेलिब्रेटी बनेका कपिलले १० लाखभन्दा बढी लाईक्सले शाहरुखलाई जितेका छन् ।

जितेपछि कपिलले भनेका छन्, ‘मैले जिते बनेर घमण्ड गर्नु मेरो नालायकीपन हुनेछ, शाहरुख त लिजेन्ड हुन्’ । लाईक्सको हिसाबमा कपिल अमिताभ वच्चन र सलमान खान भन्दा पछाडी नै छन् ।

शाहरुख र कपिल दुवै दुखःद र डरलाग्दो पारिवारिक पृष्ठभुमिबाट सफल भएका व्यक्ति हुन् ।

भारतको कलर्श च्यानलबाट सातामा दुई दिन शनिबार र आइतबार आउने टीभी शो ‘कमेडी नाइट्स विथ कपिल’ अहिले भारतको सबैभन्दा लोकप्रिय कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu