बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुँदै



काठमाडौं। भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा ‘बागमती प्रदेश स्तरीये धिमे बाजा प्रतियोगिता ११४४’ हुने भएको छ । यही चैत्र २४ गते हुने प्रतियोगिताबारे शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

प्रतियोगितामा बागमती प्रदेश भित्रका खल:, पुचः र संस्थाबाट ५० वटा धिमे बाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवा सङ्घका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद रु १० हजारबाट प्रदान गरिने छ भने दसौँ स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गरिने बताइएको छ ।

धिमे बाजा विशेष गरी नेवा: समुदायको हरेक जात्रा पर्वमा बजाइने गरिन्छ । केन्द्रीय मानन्धर सङ्घको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवा सङ्घको संयोजन तथा काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा धिमे बाजाको संरक्षण तथा प्रवर्द्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu