बुधवारदेखि पत्रकार सुव्रतको टक शो ‘केही मिठो बात गरौँ’ प्रसारण हुने



काठमाडौं। वरिष्ठ पत्रकार एवं चलचित्र निर्देशक सुव्रत आचार्यको प्रिमियम टक शो ‘केही मिठो बात गरौँ’को पहिलो सिजन प्रसारण हुने भएको छ । यही चैत्र ७ गते बुधवारबाट हरेक साता बुधवार ओएसआर डिजिटलको युट्युब प्लेटफर्म ओएसआर रियालिटीमार्फत प्रसारण हुने यो शो को पहिलो सिजन एघार शृङ्खलाको हुने बताइएको छ ।

सुव्रतले आफ्नो तीन दशकको चलचित्र एवं पत्रकारिता करियरमा नजिकबाट सङ्गत गरेका वरिष्ठ एवं कनिष्ठ चर्चित व्यक्तित्वहरूसँग सँग मात्रै अनौपचारिक अन्तरङ्ग बातचित गर्ने भनिएको यो शोलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आतिथ्यता उपलब्ध गराएको छ । पहिलो सिजनको एघार एपिसोड सिद्धार्थका कैलाली, नेपालगन्ज, भैरहवा, चन्रौटा र काठमाडौंमा रहेका होटलहरूमा खिचिएको छ ।

पहिलो सिजनमा अभिनेता सरोज खनाल, गायक रामकृष्ण ढकाल, गायिका देविका वन्दना, गायक आनन्द कार्की, साहित्यकार नयनराज पाण्डे, चिकित्सक डा. दिलजान मंसूर, अभिनेत्री रीमा विश्वकर्मा, अभिनेता आकाश श्रेष्ठ, मोडल गरिमा शर्मा, सिद्धार्थका चेयरम्यान लक्ष्मण न्यौपाने तथा निर्देशक प्रदीप भट्टराईसँग सुव्रतले बातचित गरेका छन् ।

हुवा, टिलय, कुसुम बुटिक, नीलडेविडस् सैलुन, दिभान युनिसेक्स लगायतको सहयोगमा निर्माण भएको टक शोको क्रियटिभ डाइरेक्टर जया शर्मा, छायाकार उत्सव दाहाल, क्रियटिभ सम्पादक बिजेश पौडेल र अतिरिक्त सम्पादक राजेन्द्र मानन्धर रहेका छन् । डिएडी प्रोडक्शनका लागि दीपेन्द्र गौतम माइकल कार्यकारी निर्माता रहेको टक शो “केही मिठो बात गरौँ” को अवधारणा एवं निर्देशन आचार्य स्वयंको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu