निफमा सुरक्षा र विपिन बने उत्कृष्ट कलाकार



काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को सातौँ संस्करणमा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट कलाकार घोषित भएका छन् । सोमबार समापन भएको महोत्सवमा विपिनले चलचित्र ‘एक भगवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने चलचित्र ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।

त्यस्तै, महोत्सवमा उत्कृष्ट चलचित्रको अवार्ड पनि सुरक्षा अभिनीत चलचित्र ‘बुलाकी’ले प्राप्त गर्‍यो । सोही चलचित्रका निर्देशक लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । चलचित्र ‘एक भगवत एक गीता’का डिओपी राजेश श्रेष्ठ र सङ्कल्प भुजेलले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरे । अडियन्स च्वाइस अवार्ड चलचित्र ‘पखेटा’ले प्राप्त गर्‍यो ।

भारतको ‘वाइल्ड स्वान’ले गौतम बुद्ध फिचर फिल्म अवार्ड, पोर्चुगलको ‘लभ लाइट’ले अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ माउन्ट एभरेस्ट अवार्ड, इजिप्टको ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मतर्फ बागमती अवार्ड, चीनको ‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड तथा सर्वियाको ‘लाजरस पाथ’ले डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड जिते ।

उत्कृष्ट राष्ट्रिय लघु चलचित्रको अवार्ड ‘एट एनोदर विन्टर’ले जित्यो भने ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्रीतर्फ ‘जर्ना’बाट इनुमा राईले अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स च्वाइस अवार्ड भने ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu