नायिकाको तीनतले केक काट्दै ‘अझै पनि’ निर्माण घोषणा



ajai-pani-1

[dropcap]ना[/dropcap]यिका पुजा शर्माको जन्मदिनको केक काट्दै आलोक नेम्वाङको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘अझै पनि’ निर्माण घोषणा गरिएको छ । यो चलचित्र मार्फत निर्देशकबाट निर्माता र नायकको परिचय थप्दै गरेका सुदर्शन थापाको हातबाट पुजालाई केक खुवाउँदै चलचित्रको निर्माण घोषणा गरियो । बर्थडे केक तीन तले बनाईएको थियो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा यो चलचित्र शुक्रवारबाट फ्लोरमा जाने तयारीमा रहेको जानकारी पनि गराईयो ।

ajai-pani-2
सामाजिक प्रेम कथामा बन्ने ‘अझै पनि’ मार्फत निर्देशक नेम्वाङ चार बर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन् । कार्यक्रममा आलोकले आफ्ना र सुदर्शनका पछिल्ला फिल्महरुमा मौलिकताको कमि देखिएको भन्दै अझै पनिलाई पूर्ण मौलिक फिल्म बनाउने कन्सेप्ट सहित अघि बढेको बताए । सुदर्शनले आलोक नेम्वाङसंग काम गर्ने चाहाना अनुरुप अझै पनि प्रोजेक्टलाई अघि बढेको बताएका छन् । सुदर्शन यस फिल्मका मुख्य कलाकारका साथमा निर्माता पनि हुन । उनको कम्पनी सुदर्शन थापा प्रोडक्सनले कष्ट्यूम डिजाईनर पुनम गौतमलाई को प्रोड्यूसरको रुपमा अघि बढाएको छ ।

ajai-pani-3
यस चलचित्रमा बर्थडे गर्ल पुजा सहित नयाँ हिरोइनको रुपमा सुरक्षा पन्त मुख्य भूमिकामा हुने छिन् । यी बाहेक चलचित्रमा समानान्तर भूमिकामा पुष्प खड्का, बिशाल ढुंगाना, प्रमिला खनाल र विपना धिमाल पनि देखिने छन् । अग्रज कलाकार तर्फ मिथिला शर्मा, बिजय लामा र राम शरण पाठक देखिने छन् । सफल निर्देशक समेत रहेका पाठक यस चलचित्रका लेखक पनि हुन ।

ajai-pani-4
३५ दिनको सुटिङ सेड्युअल लिएर फ्लोरमा जान लागेको यो चलचित्रमा काभ्रेस्थली, चरिकोट र मुडे क्षेत्रका दृश्यहरु समावेश हुनेछन । चलचित्रमा हरि लम्साल, राजनराज सिवाकोटी, सचिन सिंह र महेश खड्काको संगीत रहने छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन हुने यो चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu