![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/03/Screen-Shot-2024-03-21-at-12.30.13.png?resize=720%2C442&ssl=1)
काठमाडौं। नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार जस्ता चर्चित गीतहरूका गायक गायक महेश काफ्लेको आवाजमा रहेको नयाँ गीत ‘चाइना जापान’ रिलिज भएको छ । यस गीतमा शब्द रचना र सङ्गीत समेत गायक काफ्लेको नै रहेको छ ।
यस गीतमा प्रेममा असफल युवाको कथा व्यक्त गरिएको छ । यसको भिडियोमा सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको छ भने मनिश नेपालले छायाङ्कन गरेका छन् । यसमा महेश काफ्ले, जस्मिन दोङ, अनुज कार्की, प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलले अभिनय गरेका छन् ।
भिडियो: