अनु र अजितको गीत ‘वाचा’को चर्चा



काठमाडौं। सङ्गीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ युगल गीत ‘वाचा’ले श्रोतामाझ चर्चा पाइरहेको छ । गीतमा घिसिङकै शब्द, सङ्गीत तथा सङ्गीत संयोजन सुन्न सकिन्छ । अनु चौधरीले स्वरमा साथ दिएकी छन् ।

रोमान्टिक मेलोडी शैलीको गीतले युवापुस्ताका दर्शक तथा श्रोताको मन जितिरहेको छ । यसको भिडियोमा विजय कार्की र अनिमा विश्वकर्माले अभिनय गरेका छन् । सुनिल बुढाथोकीको निर्देशनमा तयार भएको यो गीतको म्युजिक भिडियोमा विशाल थापाको छायाङ्कन तथा नहकुल खड्काको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu