विशाल भण्डारी सहित ‘कमेडी च्याम्पियन’का टिम सवार कार दुर्घटना



काठमाडौं। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी सहित उनको टिम सवार कार दुर्घटना भएको छ । बिहीबार बिहान करिब ३ बजे उनीहरू नगरकोटबाट काठमाडौं आउँदै गर्दा भक्तपुरको जगातीमा सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोकिएको बताइएको छ ।

दुर्घटनाको खबर शुक्रवार अबेर मात्र सार्वजनिक भएको हो । सो दुर्घटनामा परी भण्डारीसहित छ जना घाइते भएको बताइएको छ । घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा पुर्‍याइएको थियो । हाल निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भइसकेका छन् भने चार जनाको उपचाररत छन् ।

कारमा भण्डारी र अधिकारीसहित सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu