दुर्घटनामा परेका कमेडीयन बस्यालको अझै होस आएन, अवस्था गम्भीर



काठमाडौं। बिहीबार बिहान करिब ३ बजे कार दुर्घटनामा परी घाइते भएका ‘कमेडी च्याम्पियन सिजन २’का प्रतिस्पर्धी सुशान्त बस्यालको अवस्था गम्भीर बनेको छ। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल श्रोतले उनको अझैसम्म अचेत अवस्थामा नै रहेको जनाएको छ। टाउकोमा गहिरो चोट लागेका उनलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बस्यालसँगै दुर्घटनामा परेका पवन भट्टराई, प्रकृति गिरी र रजनिस अर्यालको मध्यपुर ठिमी अस्पतालमा नै उपचार भइरहेको छ।

दुर्घटनामा परेका कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र पूजन अधिकारी सामान्य उपचारपछि प्रहरी हिरासतमा छन्।

उनीहरू नगरकोटबाट काठमाडौं आउँदै गर्दा भक्तपुरको जगातीमा सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोकिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu