मन्दिरमा निताले भनिन्, ‘मेरो क्यारेक्टर भन्दिन कथा आउट हुन्छ’



dhoon-1अपिल त्रिपाठी, पोखरा। नेपाली फिल्म ‘धुन’ ले सुटिङ सुरु गरेको छ । बुधवार पोखराको तालबाराही मन्दिरमा फिल्मको शुभ साइत गरीयो । म्युजिकल लभस्टोरी ‘धुन’ मार्फत कृष्ण पौडेल निर्देशनमा डेब्यु गर्दैछन । उनले यस अघि केही फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरीसकेका छन ।

मालती शाह प्रस्तुतकर्ता रहेको फिल्ममा ‘गाला रातै’ जोडी जीवन लुइटेल र निता ढुङ्गानाको साथै मुकेश ढकाल लिड क्यारेक्टरमा छन । शुभ मुर्हत समारोहमा बोल्दै निर्देशक कृष्ण पौडेलले धुन पुर्णरुपमा व्यावसायिक फिल्म रहेको बताए । अभिनेता मुकेश ढकालले फिल्मको कथाबस्तु र गीत संगीत उत्कृष्ट रहेको बताए । अभिनेत्री निता ढुङ्गानाले फिल्म धुन मार्फत आफु नयाँ भुमिकामा प्रस्तुत हुन लागेको दाबी गरीन । भनिन्, “मेरो क्यारेक्टरको बारेमा भन्दा फिल्मको कथा आउट हुन सक्छ, यति बुझ्नुस, यो क्यारेक्टर मेरो लागी नयाँ हो ।”

शुभ मुर्हतमा जिवन लुइटेल भने देखिएनन् । उनले बैशाख २० बाट फ्लोर ज्वोइन गर्ने बताइएको छ । फिल्ममा लक्की सिटौलाको संगीत रहेको छ । कोरीयोग्राफी कबिराज गहतराजले गर्दैछन । ४५ लाख फिल्मको अनुमानित बजेट रहेको बताइएको छ । २० दिन सम्म पोखरामा सुटिङ गरेपछि युनिट बाँकी सुटिङको लागी राजधानी फर्कने निर्माण पक्षको जानकारी छ ।  ‘धुन’मा मालतीसँगै शुसिल शाह, मधुसुदन ढकाल र श्रेया दुलालको पनिलगानी रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu