![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/03/Bishnu-Sapkota-and-Elina-Chauhan-.jpg?resize=720%2C405&ssl=1)
काठमाडौं। चर्चित गायिका एलिना चौहानले विवाह गर्ने भएकी छन्। उनले प्रेमी अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग आगामी वैशाख ५ गते विवाह गर्ने भएकी हुन्।
गीतकार समेत रहेका सापकोटाको नेपालको घर बागलुङमा हो। उनेले अस्ट्रेलियामा व्यवसाय सञ्चालन गर्छन्। गायिका चौहान सांस्कृतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया गएको बेला विष्णुसँग भेटेकी थिइन्। केही समयदेखि उनीहरूको प्रेम चर्चा चलिरहेको थियो।
एलिना अहिले विवाहको निमन्त्रणा बाँड्न व्यस्त छन्।