प्रदर्शनरत चलचित्र ‘महाजात्रा’को गीत रिलिज



काठमाडौं। प्रदर्शनरत नेपाली चलचित्र ‘महाजात्रा’को गीत ‘मुरी मुरी साथी’ इन्टरनेटमा रिलिज गरिएको छ। यो चलचित्र गत शुक्रवार रिलिज भएको थियो। यो चलचित्रले पहिलो तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको छ।

यस गीतको भिडियोमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ। “यस गीतमा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरेका छौँ,” चलचित्रका निर्देशक प्रदीप भट्टराईले बताए।

यस गीतमा हर्क साउदको शब्द रचना र सङ्गीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu