
काठमाडौं। नयाँ टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’को शीर्ष भूमिकामा अभिनेत्री गौरी मल्ल जोडिएकी छन्।
यो शो मा अभिनेता विजय बरालसँगै हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल अनुबन्धित भइसकेका छन्। थप केही कलाकार पनि अनुबन्धित हुने चरणमा रहेको निर्देशक द्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले बताए।
यस शो को लागि यति बेला सेटको काम भइरहेको छ। अहिले आइरहेका टेलिभिजन कमेडी शो भन्दा केही फरक गर्ने प्रयास रहने निर्देशक प्रसाईँले बताइन्। पारिवारिक कमेडी शो प्राइम टेलिभिजन मार्फत प्रसारण हुनेछ।