अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को पोस्टर रिलिज



काठमाडौं। सुपरस्टार अनमोल केसीको जन्मदिन पार्दै नेपाली चलचित्र ‘फर्की फर्की’को पोस्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गते रिलिज हुने चलचित्रको फस्ट लुक पोस्टरमा केसीलाई मात्र स्थान दिइएको छ ।

पोस्टरको थिम अनुसार यो चलचित्रमा समयको कथा रहेको अनुमान गर्न सकिन्छ । प्रेम कथाको श्रेणीमा बनेको यो चलचित्र ओम प्रकाश अग्रवालसँगको सहकार्यमा रोहित अधिकारीले निर्माण गरेका हुन् ।

‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । यसमा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । त्यस्तै, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ । गुरुङकै कथा तथा पटकथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu