मुनालको इच्छामा दिपशिखा, दयाहाङ् र सुवास



deepshika-shahiठुलोपर्दा डटकम, काठमाण्डौ । नेपाली चलचित्रमा निर्माता तथा निर्देशक मुनाल घिमिरेले यसअघी घोषणा गरेको आफ्नो चलचित्रको गुपचुप नाम परिवर्तन गर्दै ‘हे ब्यूटीफूल’लाई ‘ईच्छा’ नाम दिएर मंगलवार मुहर्त गरेका छन् । राजधानीमा एक कार्यक्रम आयोजना गरी यो चलचित्रको चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको क्ल्यापमा शुभ मुहर्त गरिएको हो ।

शुभ साईतमा मुख्य कलाकार दयाहाङ राई, सुवास थापा र दिपशिखा शाहीको मुहर्त सट लिईएको थियो । कार्यक्रममा निर्देशक घिमिरेले यस अघीका चलचित्रहरुबाट सिकेको अनुभवले दर्शकको चाहनानुसारको कथामा चलचित्र चलचित्र बनाउने लागेकोले दर्शकलाई मन पर्ने चलचित्र बनाई छाड्ने बताए । उनले भने ‘मैले चलचित्र कस्तो बनाउँछु त्यो त छायांकन सकाएर प्रदर्शनमा आए पछी नै थाहा होला तर जसरी पनि दर्शकलाई मन पर्नैचलचित्र नै निर्माण गर्ने छु ।’

कार्यक्रममा कानुनविद् भिमार्जुन आचार्य सहित निर्माता संघका अध्यक्ष राजकुमार राई, कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका महासचिव प्रदीप उदय लगायतका अतिथिले चलचित्रको सफलताको शुभकामना दिएका थिए । यसअघी ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ फिल्म निर्माण गरेका घिमिरेको यो चलचित्रलाई प्रकाश घिमिरेले लेखेका हुन् । मुनालले पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका हुन् ।

चलचित्र ‘ईच्छा’मा दयाहाङ राई सुवास थापा र दिपशिखा शाहीको साथमा देशभक्त खनाल र रश्मी भट्ट लगायतका कलाकारहरुले पनि अभिनय गर्ने छन् । चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध तथा भने नृत्य गम्भिर विष्टको रहने छ । त्यस्ते चलचित्रलाई रामशरण उप्रेतीले खिच्ने छन् । विपिन सागर र करणराज कार्कीको संगीत रहने चलचित्रमा गीत लोकराज अधिकारी र बसन्त बहारको रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu