‘मिरूनालाई बिहे गर्न बाध्यता र विद्रोहमा दयाहाङ’



काठमाडौं। दयाहाङ राई र मिरूना मगरको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘घरज्वाइँ’का दुई पोस्टर सार्वजनिक भएका छन्। एक पोस्टरमा अभिनेता राई मुडुलो टाउको बनाई काँधमा बन्दुक बोकेका छन्। उनी विद्रोही लुकमा छन्। 
अर्को पोस्टरमा मिरुनाको पछि पछि डोकाहरू बोकेर पछ्याई रहेका छन्। 

सार्वजनिक एक पोस्टरले बाध्यता झल्काएको छ भने अर्कोले विद्रोह जनाएको छ। पोस्टर विश्लेषण गर्दा बाध्यताबाट विद्रोहमा पुगेको व्यक्तिको कथा चलचित्रमा रहेको बुझ्न सकिन्छ। दुवै पोस्टरले ग्रामीण परिवेशलाई झल्काउँछन्।

यस चलचित्रमा पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, कविता आले, बुद्धि तामाङ, खड्क बहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, विना थापामगर, सोनाम लामा, विवेश बुढा मगर आदिको पनि अभिनय छ। 

अनिल बुढा मगरको निर्देशन यो चलचित्र आगामी असार २८ गते रिलिज हुँदै छ। यसमा सुसन प्रजापतिको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। निर्माता जनक घर्ती मगर हुन्। आरआर फिल्म्सले फिल्मले वितरण गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu