
काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले एक समारोहका बिच नेपाल चलचित्र सङ्घको नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ। सोमवार आयोजित कार्यक्रममा बधाई ग्रहण गर्न चलचित्र सङ्घका नव निर्वाचित अध्यक्ष नरेन्द्र महर्जन एवं सदस्य गोपालकाजी कायस्थ उपस्थित भएका थिए।
कलाकार सङ्घका तर्फबाट अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य सहित कार्यसमितिका तर्फबाट बधाई ज्ञापन गरिएको थियो। कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, धिरेन शाक्य, वरिष्ठ अभिनेता लय सङ्ग्रौला, सङ्गीतकार चेतन सापकोटा, सङ्गीतकार सन्तोष श्रेष्ठ, कलाकार उत्तम केसी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, नेशनल डेल्फिक काउन्सिलका अध्यक्ष श्रीदेव बिएल सहित पत्रकार एवं चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाको जन्मदिन पनि सोही अवसरमा परेकाले जन्मदिन कार्यक्रम पनि मनाइएको थियो।