आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट अधिकारी मनोनीत



काठमाडौं। संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिङ्गर सङ्ग राइटर्स एशोशिएन’ले आयोजना गरेको यो अवार्ड आगामी अगस्ट २४ मा हुँदैछ।

आयोजकले सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको विभिन्न ४६ विधाको अवार्डमा अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्। यो अवार्डमा नेपालबाट अधिकारी मात्र मनोनयनमा परेका हुन्। उनी अर्जुन पोखरेलको सङ्गीत तथा प्रताप दाश र शान्ता जिसीको स्वर रहेको गीत ‘यस्तो भाछ मलाई त’बाट मनोनयनमा परेका हुन्।

आयोजकले सोमवार देखी इलेक्ट्रोनिक भोटिङ खुला गरेको छ र अप्रिल ३० सम्म रहनेछ। भोटिङबाट उत्कृष्ट २० छनौट हुनेछन्। मे २ मा अन्तिम प्रतिस्पर्धीको घोषणा हुनेछ। भोट गर्नका लागि https://issasongwriters.com/2024-vote/क्लिक गरी अन्तर्राष्ट्रिय क्याटगरीमा गएर अधिकारीको नाममा भोट गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu