कमेडी टेलिशृंखला निर्देशन गर्दै ‘मेरी बास्सै’का धुन्धुकारी



काठमाडौं। दशक अगाडी हास्य व्यङ्ग्यात्मक टेलिश्रृंखला ‘मेरी बास्सै’मा धुन्धुकारीको भूमिकामा अभिनय गरेका आशिष घिमिरेले नयाँ व्यङ्ग्यात्मक टेलिशृंखला ‘रिटायर हल्दार’को दोस्रो सिजन निर्देशन गर्ने भएका छन्।

‘मेरी बास्सै’बाट नै चर्चित बनेका ‘माग्ने बुढा’ अर्थात् केदार घिमिरेका छोरा आशिषले सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने श्रृंखला निर्देशन गर्न लागेका हुन्। ‘मेरी बास्सै’मा आशिषले माग्ने बुढाको छोराको भूमिकामा अभिनय गरेका थिए।

नेपाल टेलिभिजन, मी टिभीमा प्रसारण र माउन्ट एभरेस्ट युट्युब च्यानलमा यो श्रृंखला प्रसारण हुनेछ। यसमा श्रीप्रसाद थापा, निर्मल शर्मा, प्रिया रिजाल, रश्मी भट्ट, भूमिका गिरी, केशव सापकोटालगायतका कलाकारको अभिनय रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu