राष्ट्रिय समावेशी म्युजिक अवार्डको सातौँ संस्करण सम्पन्न



काठमाडौं। राष्ट्रिय समावेशी म्युजिक अवार्डको सातौँ संस्करण सम्पन्न भएको छ। पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजना गरेको समारोहमा विभिन्न ४२ विधाका विजेताहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा अवार्ड वितरण गरिएको हो।

सो अवार्डमा अग्रज सङ्गीतकार जुगल डङ्गोललाई ‘रजत सङ्गीत सम्मान-२०२४’ सम्मान प्रदान गरिएको छ। साथै, संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापा लगायतलाई पनि सम्मान गरिएको थियो। सङ्गीत पत्रकारिता पुरस्कार हरि दुलाललाई प्रदान गरिएको छ।

आधुनिक गीततर्फ नव गायकको अवार्ड राजु भट्ट, नव गायक जुरी अवार्ड सन्त बहादुर दराई, नव गायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गरे। आधुनिकतर्फ नै गायकको अवार्ड यस कुमार र गायिकाको अवार्ड निता आचार्यले पाए। आधुनिक सङ्गीतकारको अवार्ड नरहरि प्रेमी, गीतकारको अवार्ड टेक तामाङ र आधुनिक महिला गीतकारको अवार्ड सविता पोख्रेलले पाए।

राष्ट्रिय भाव गीतको अवार्ड कर्मा, गजलतर्फको अवार्ड रुद्र शेखर शर्मा, गजलकै जुरी अवार्ड सङ्गीता राना प्रधान साथै युगल गायनको अवार्ड मोहन श्रेष्ठ र सहिमा श्रेष्ठले पाए। पप गायनतर्फ गायकको अवार्ड डेभिड शङ्कर, डायस्पोरा अवार्ड चेष्टर लिम्बू, लोक पपतर्फ गायकको अवार्ड नविन कार्की, गीतकारको अवार्ड अनिल तिखत्री र सङ्गीतकारको अवार्ड मानस राजले पाए।

लोकदोहोरीतर्फ पुरुष मोडलको अवार्ड सागर लम्साल (बले), महिला मोडलको अवार्ड एन जेड सालु, महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानी, नव मोडल पुरुषको अवार्ड वसन्त उदास, नव मोडल महिलाको अवार्ड भने मिशेल घिमिरेले प्राप्त गरे। लोक गीततर्फ मौलिक गीतको अवार्ड हेमन्त कान्छा रसाइली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गरे।

लोकदोहोरी तर्फ गीत रचनाको अवार्ड सागर बास्तोला, लयको अवार्ड ऋषि खड्का, गायकको अवार्ड राम कुमार नेपाली, गायिकाको अवार्ड सञ्जु न्यौपाने, नव महिला मोडल तर्फ पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठ, कोरियोग्राफरको अवार्ड राहुल बराइली, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरे भने आधुनिक/पप गीततर्फ भिडियो निर्देशकको अवार्ड केशव राज भट्टले पाए। पुरुष मोडलको अवार्ड राज टाइगर, महिला मोडलको अवार्ड अश्विनी शाही, लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले पाए।

ध्वनि मिश्रणको अवार्ड नरेन्द्र वियोगी, छायाकारको अवार्ड मुकेश हुमागाईँ, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईँ, समावेशीतर्फ देउडा गीतको अवार्ड शान्ति शाही, मैथिली भोजपुरीतर्फ गीतको अवार्ड प्रेमनारायण झा, गायनको अवार्ड विरेन्द्र कुमार झा, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाह प्राप्त गरे।

नेपाल भाषातर्फ गीतकारको अवार्ड नातिकाजी महर्जन, सङ्गीतकारको अवार्ड मनराज नकर्मी, गायनको अवार्ड मोहन शाक्य, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu