डिट्ठा सा’वले मनायो ५२ भागको खुशीयाली



diththa-sab

हाँस्य टेलिश्रृंखला डिट्ठा सा’वले ५२ भाग पूरा गरेको छ । बिगत एक बर्षदेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुदै आइरहेको डिट्ठा सा’बका लेखक, निर्देशक तथा शीर्ष अभिनेता किशोर भण्डारीले आफ्नो जन्मदिनको अबसर पारेर बुधबार राजधानीमा एक जमघट गरि सफलताको खुशीयाली बाँडे ।

बर्थ डे केक काटेर मनाइएको खुशीयालीमा अभिनेता किशोरले डिट्ठा सा’ब दर्शकमाझ ल्याउन र लोकपि्रय बनाउन आफूले निकै मिहीनेत गरेको बताए । उनले भने, ‘हाँस्य टेलिश्रृंखलाहरुको भीडमा पृथक पहिचान बनाएर दर्शकको मन जित्नु निकै गाह्रो काम हो । सफलताका साथ ५२ एपिसोड पूरा गर्दा आज मलाई लागेकोछ, मैले आफ्नो लक्ष्य भेटेको छु ।’ किशोरले सिरियल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै ५३ औं भागदेखि डिट्ठा सा’व केही नौला खुराकका साथ आउने जानकारी दिए ।

हाँस्य कलाकार दीपकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिट्ठा सावमा संलग्न कलाकार तथा प्राविधिक उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu