भारत घुम्न गएकी कलाकार कोपिला थापा दुर्घटनामा परी गम्भीर घाइते



काठमाडौं। नेपाली चलचित्रकी चरित्र अभिनेत्री कोपिला थापा भारतमा दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्। एक साताअघि पञ्जाबमा एक कार्यक्रममा सहभागी भएर पञ्चकुलातिर फर्कँदै गर्दा उनीहरूको चढेको कार ब्रेक फेल भई २५ फिट तल खसेको थियो।

उक्त दुर्घटनामा कोपिलासँगै सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नाम रहेका एक जना नेपाली घाइते भएका छन्। दुर्घटना लगत्तै स्थानीयले उनीहरूलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्‍याएका थिए।

दुर्घटनामा अभिनेत्री थापाको ढाडमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ तर, कम्मरमुनिको भाग चल्न सकेको छैन।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले चलचित्र विकास बोर्डमा रहेको चलचित्र कल्याणकारी कोषमार्फत थापाको उपचारमा सघाउन पहल भइरहेको बताए।

मोरङ सलकपुरकी कोपिला अभिनेत्री रेखा थापाको ठूलाबुवाकी छोरी समेत हुन्। कोपिलाले दर्जनौँ नेपाली चलचित्रमा चरित्र अभिनेत्रीको भूमिकामा अभिनय गरेकी छन्। उनी पछिल्लो पटक हिट चलचित्र ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठकी श्रीमतीको भूमिकामा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu