फुटबलसँग मायाको भिडन्त, फरक शैलीका दुवैले बाजी मार्ने दावी



[dropcap]यो[/dropcap] साता दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । बालमनोविज्ञानमा आधारित रहि प्रसिद्द खेल फुटबलको नेराघेरामा तयार ‘वर्ल्ड कन इन नेपाल’ र प्रेम कथाको वरिपरि घुमेको ‘माया गर ल’ रिलिज भएका छन् । अघिल्ला केहि चलचित्रको कारण देशभरका हलमा भने यि चलचित्र आउन सकेनन् । ‘माया गर ल’ देशभर रिलिज भयो भने ‘वर्ल्ड कप इन नेपाल’ काठमाण्डौे उपत्यकामा मात्र रिलिज भएको छ । पर्याप्त हल उपलब्ध नभएका कारण मोफसलमा भने आगामी हप्ता रिलिज हुने निर्माता प्रकाश थापाले बताए ।

‘वर्ल्ड कप इन नेपाल’
World-cup-in-nepal

प्रकाश थापाको लगानिमा तयार यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् । चलचित्रमा गोपाल अर्याल, शर्मिला शर्मा, सोनु केसी, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, गोपाल अर्याल, उमेश थापा, सुजन तामाङ् सहित एन्फाका अण्डर-१९ का बिभिन्न खेलाडीहरुको अभिनय रहेको छ । चलचित्रलाई काठमाडौंमा दर्शना आर्ट्सले र मोफसलमा एफडी कम्पनिले बितरणको जिम्मा लिएको छ ।

‘माया गर ल’
maya-gara-la

कलेज पढ्दापढ्दै प्रेममा परेका युवा युवतीहरुको कथालाई जोडेको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा र मुकेशसँगै, भुपेन चन्द, सौजन्य सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र रामकेशर बोगटीको लगानीमा तयार भएको हो । चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ । ठुलोपर्दा डटकमसँग कुरा गर्दै निर्देशक घिमिरेले यो चलचित्र दर्शकको मनमा बस्नेमा आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu