वेब सिरिजको रूपमा आउँदै अनुप बरालको नाटक ‘यौटा सपनाको अवसान’



काठमाडौं। अनुप बराल निर्देशित नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रूपमा आउने भएको छ। यो नाटक कान्तिपुर सिनेमाजमा नयाँ वर्षदेखि आउने भएको हो। गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा यो नाटक मञ्चन भएको थियो।

निर्माताले सिरिजको पोस्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरूप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको जनाएका छन्। पोस्टरमा नाटकका मुख्य कलाकारहरू दिया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईँ रहेका छन्।
 
यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ। यो नाटक १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu