काठमाडौं। लामो समयदेखि सम्बन्धमा आएको दरारलाई कानुनी रूपमै अन्त्य गर्दै गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन्। चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो।
अदालतको वेबसाइटमा आपसी सहमतिमै उनीहरूले डिभोर्स गरेको जनाइएको छ। पति पत्नीबिचको सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरूले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिएको फैसलामा लेखिएको छ।
दुई वर्षको प्रेम सम्बन्ध पछि २०७७ सालमा दुईबिच अदालती विवाह भएको थियो।