खुसीले ल्याइन् ‘खुसीका रङ्गहरू’



काठमाडौं। गायिका खुसी थुलुङ्ग राईको नयाँ गीति सङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गरिएको छ। सोमबार काठमाडौँस्थित क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीति सङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सार्वजनिक गरे।

गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रूपान्तरण गर्न सक्ने विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन किराँतीले आग्रह गरे। गायिका खुसीले आफ्नो पहिलो गीति सङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन।

उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन्। उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरि लम्सालको सङ्गीत रहेको छ। गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन्। मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिस गरेको बताइन्। गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu