किन चर्चित भयो ‘बोक्सीको घर’को ट्रेलर ?



काठमाडौं। यही वैशाख १४ गते रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को ट्रेलरले युट्युबमा मात्र आठ दिनमा बाह्र लाख भ्युज पाएको छ। नेपाली चलचित्रको ट्रेलरको भ्युजको औसत हेर्ने हो भने यो सङ्ख्या अत्यन्त सुखद हो। यसको ट्रेलर रिलिज पछि चलचित्रलाई लिएर दर्शकमाझ चर्चा बढेको छ।

ट्रेलरमा अभिनेत्री केकी अधिकारीको अभिनयलाई दर्शकले अत्यन्त रुचाएका छन्। यसअघि रिलिज भएको गीत ‘बुझिन मैले’ पनि सुपर हिट भइसकेको छ। सो गीतले चालिस लाख भन्दा बढी युट्युब भ्युज पाइसकेको छ। यसको भिडियोमा केकीको ‘बोक्सी’ लुक्सले व्यापक चर्चा पाएको छ।

आफ्नो अभिनयसँगै ट्रेलर मेकिङ, अन्य कलाकारको काम र त्यसमा प्रयोग गरिएको ध्वनिको तारिफ गरेको पाएको अभिनेत्री अधिकारीले बताएकी छन्।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ। निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्।

यसमा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu