सत्य-स्वरुपको क्रिकेट प्रेम, दुबईमा हुने कन्सर्टमा निशुःल्क गाउँदै



satya-sworoop

[dropcap]ने[/dropcap]पालमा क्रिकेट खेलका लागी राम्रो खेल मैदान नभइरहेको अबस्थामा मुलपानी इन्डोर क्रिकेट ग्राउण्ड निर्माण इकाई समितिले मुलपानीमा बन्न लागेको क्रिकेट खेल मैदानका लागी सहयोग स्वरुप दुवईमा सत्यस्वरुप लाइभ इन दुवई आयोजना गर्ने भएको छ । मे ३० २०१४ का दिन दुवईको मुसल्ला टावरमा हुन लागेको सतयस्परुप लाइभ इन दुवई बाट संकलन भएको रकमले मुलपानीमा बन्न लागेको क्रिकेट खेल मैदानका लागी सहयोग रकम हस्तान्तरण गरिने बताइएको छ ।

राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै गायक सत्यराज आर्चायले नेपालको क्रिकेट खेललाई प्रोत्साहन गर्ने हेतुले आफुहरुले कुनै पनि रकम नलिई सो कार्यक्रममा भाग लिन लागेको बताए । नेपाली क्रिकेट टिमले यति बेला क्रिकेटमा राम्रो खेल प्रस्तुत गरिरहेको अबस्थामा आफुहरुको सानो सहयोगले पनि धेरै ठुलो हुने बताए । आफु व्यवसायिक गायक भए पनि नेपाली क्रिकेट खेललाई माथि उठाउन सो कार्यक्रमले ठुलो भुमिका खेल्ने पनि बताए ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै गायक स्वरुपराज आर्चायले आफु क्रिकेटको निकै ठुलो ˆयान भएका कारण पनि नेपाली क्रिकेट खेललाई माथि उठाउनका लागी सानो सहयोग भए पनि यस कार्यक्रमले जुटाउने विस्वास व्यक्त गरे । नेपालमा राम्रो खेल मैदान नभइरहेको अबस्थामा मुलपानीमा बन्न लागेको क्रिकेट मैदानका लागी सबैको सानो सहयोगले नेपालमा नै राम्रो क्रिकेट खेल मैदान बन्ने बताउदै आफुहरु व्यवसायिक गायक भए पनि नेपाली क्रिकेट खेललाई माया गर्ने भएका कारण नेपालमा बन्न लागेको क्रिकेट मैदानको सहयोगका लागी दुवईमा हुन लागेको कार्यक्रममा निशुःल्क जान लागेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu