प्रदीप र सुदर्शनको सहकार्यमा पुजा भइन् खुसी, प्रिय भन्दै दिइन् बधाई



काठमाडौं। निर्देशक सुदर्शन थापाको चलचित्रमा अभिनेता प्रदीप खड्काले अभिनय गर्ने भएपछि अभिनेत्री पुजा शर्मा खुसी भएकी छन्। फेसबुकमा थापा र खड्काको फोटो शेयर गर्दै पुजाले ‘आफ्ना प्रिय दुई व्यक्तिहरू’ भन्दै बधाई र शुभकामना दिएकी छन्।

उनले लेखेकी छन्, “एउटा सहकार्य, जसलाई नेपाली फिल्म क्षेत्रले मिस गरिरहेको थियो। अब, यो सहकार्यले नेपाली फिल्ममा लभ स्टोरी कथाको नयाँ आयाम भन्नेछ भन्ने विश्वास छ। मेरा प्रिय दुई मन पर्ने व्यक्तिहरूलाई धेरै धेरै बधाई तथा शुभकामना।”

पुजा र प्रदीपले सुदर्शनले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत’मा अभिनय गरेका थिए। सो चलचित्रबाट दुवै जना कलाकार निकै चर्चित बनेका थिए। केही समयपछि प्रदीपसँग सुदर्शन र पुजाको सम्बन्ध राम्रो नभएको गसिप चलिरहेको थियो।

‘प्रेमगीत’ रिलिज भएको आठ वर्षपछि सुदर्शन र प्रदीपले सँगै काम गर्न लागेका हुन्। नाम नखुलाइएको यो चलचित्रमा अभिनेत्रीको रूपमा पुजा नै हुन्छिन् या हुँदिनन् त्यो रहस्य मै रहेको छ।

हाल पुजा र पल शाहलाई लिएर चलचित्र ‘रावायण’ बनाउने तयारीमा सुदर्शन रहेका छन्। ‘रावायण’ पछि प्रदीपले अभिनय गर्ने चलचित्र बनाउने निर्देशक थापाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu