दृष्टि विहीन गायक गगन आले र मोडल समीको गीत ‘मेरो गीत तिमीलाई हो’ सार्वजनिक



काठमाडौं। जन्मजात आँखाको दृष्टि नभएका गगन आले यति बेला गायकको रूपमा प्रस्तुत भएका छन्। पूर्वी नेपालको धरानमा हुर्किएका २१ वर्षीय आलेले आफ्नै शब्द, सङ्गीत तथा स्वरमा पहिलो गीत ‘मेरो गीत तिमीलाई हो’ मङ्गलवार सार्वजनिक गरेका छन्।

उनले आफ्ना आमा–बुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गायक आले तथा गीतको भिडियोकी मोडल समी लावतीको स्क्रिप्टमा यसको म्युजिक भिडियो तयार पारिएको छ। कृष्णदेव रुपाखेतीद्वारा निर्देशित भिडियोमा गायक आले तथा मोडल समी लावतीले अभिनय गरेका छन्।

गगन झैँ मोडल समी पनि जन्मजात दृष्टि विहीन हुन्। दुवै दृष्टि विहीन भएता पनि भिडियोमा उनीहरूले प्रभावकारी भूमिका निर्वाह गरेका छन्। दृष्टि विहीन व्यक्तिको मनमा पनि प्रेमको भावना जागृत हुनसक्छ, उनीहरू पनि सामान्य मानिसहरू झैँ भावुक हुन्छन्, उनीहरूको दृष्टिकोण र जीवन भोग्ने भोगाइ पनि अन्य सामान्य मानिसको भन्दा पृथक् हुँदैन भन्ने भावना गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu