एलिना बनिन् विष्णुकी दुलही



काठमाडौं। गायिका एलिना चौहानले बुधवार प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन्। झापामा भएको विवाहमा दुवै पक्षका परिवार, आफन्त र निकट साथीभाइको उपस्थिति रहेको छ। सामाजिक सञ्जालमा विवाह स्थलबाट तस्बिरहरू पोस्ट गरिएका छन्।

सापकोटा गृह जिल्ला बागलुङदेखि मङ्गलवार नै जन्ती लिएर झापा पुगेका थिए। उनले मङ्गलवार नै आयोजित हल्दी र मेहेन्दी समारोहमा सहभागिता जनाएका थिए।

बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भव्यताका साथ विवाह भइरहेको छ। बुधवार बिहानै एलिनाको भाइको व्रतबन्ध गरिएको थियो।

लामो समयदेखिको प्रेमलाई यी दुईले विवाहमा परिणत गरेका हुन्। विष्णु अस्ट्रेलिया बस्दै आएका छन्। साङ्गीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया पुगेको बेला एलिना र विष्णुको भेट भएको थियो।

Photo: Aleyna Bhattarai (RONB)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu