इराकमा साङ्गीतिक कार्यक्रम गर्दै राजेश पायल



काठमाडौं। चर्चित गायक राजेश पायल राई नपुगेको र साङ्गीतिक कार्यक्रम नगरेको देश सायदै होला। जहाँ नेपालीहरू छन्, त्यहाँ राजेश पुगेका छन्। यो सूचिमा अब इराक पनि परेको छ।

शुक्रवार उनले इराकमा रहेका नेपालीहरू माझ साङ्गीतिक प्रस्तुति दिँदै छन्। यसबारेमा राजेश पायलले भने, “नेपालीहरू रहने संसारका अधिकांश देशमा साङ्गीतिक कार्यक्रम गरिसकेको छु। इराकमा भने पहिलो पटक प्रस्तुत हुन लागेको हुँ।”

उनले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका हुन्। त्यो सहर त्यही हो जहाँ इराकी आतङ्ककारी समूह ‘अन्सर अल सुन्ना’ले वि.सं. २०६१ भदौ १५ मा १२ जना नेपालीको घाँटी रेटी हत्या गरेका थियो।

१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरूकै अनुरोधमा साङ्गीतिक प्रस्तुति दिन राजेश पायल त्यहाँ पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu